.jpg)
विराटनगर : विराटनगर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन्। जारी मतगणनामा नागेशले ४१९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार सागर थापाले २९६ मत पाएका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादवले ११ मत पाएका छन्।
विराटनगरमा कुल १ लाख ३३ हजार १४२ मतदाता मध्ये ८९ हजार ७८९ जनाले मत दिएका थिए। त्यसमध्ये १ हजार २८२ मत गणना हुँदा नागेशले अग्रता लिएका हुन्।
यस्तै, उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्कीले ३४५ मत, गठबन्धनमा रहेका जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १९८ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने ६१ मत पाएका छन्।