PahiloPost

May 21, 2022 | ७ जेठ २०७९

कलैया उपमहानगरमा एमालेको सुरुवाती अग्रता



पहिलोपोस्ट

कलैया उपमहानगरमा एमालेको सुरुवाती अग्रता
प्रतीकात्मक तस्बिर।

वीरगंज : बाराको कलैया उपमहानगरपालिकामा नेकपा (एमाले)ले सुरुवाती अग्रता लिएको छ।

कलैया उपमहानगरमा १ सय मत गणना गर्दा नगर प्रमुखमा एमालेका विनोद प्रसाद साहको ५१ मत आएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले २९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश साह तेलीले ४ मत ल्याएका छन्।

त्यस्तै, उपप्रमुखमा एमालेकी रौशन परविन ४२ मतका साथ अग्रता लिएको छिन्। जनता समाजवादी पार्टी नेपालका प्रमोद प्रसाद गुप्‍ताले २६ र लोसपाका नासरिन नाजले ६ मत ल्याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell