PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

बुटवल-१ को वडाध्यक्षमा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी



पहिलोपोस्ट

बुटवल-१ को वडाध्यक्षमा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी

बुटवल : बुटवल उपमहानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन्। नेपाली कांग्रेसले बस्नेतलाई टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारको रुपमा पुतली चिह्न लिएर चुनाव लडेका थिए।

बस्नेत नेकपा (एमाले)का महेन्द्र लिगललाई पराजित गर्दै विजयी भएका हुन्। कांग्रेसका माधव प्रधान तेस्रो भएका छन्।

बस्नेत ६३६ मतका साथ विजयी भएका हुन्। उनका निकटता प्रतिद्वन्द्वी एमालेका लिगलले ५५१ मत ल्याएका छन्।

लिगल २०७४ सालमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। कांग्रेसका माधव प्रधानले ३४८ मत मात्रै प्राप्त गरेका छन्।

अध्यक्षमा बस्नेत विजयी भएपनि औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए।

बस्नेतलाई केही दिन अगाडि मात्र कांग्रेसले कारबाही गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell