PahiloPost

Jun 5, 2023 | २२ जेठ २०८०

जनकपुरधाम उपमहानगरमा कांग्रेसका बागी उम्मेदवार साह फराकिलो मतान्तरसहित अगाडि



पहिलोपोस्ट

जनकपुरधाम उपमहानगरमा कांग्रेसका बागी उम्मेदवार साह फराकिलो मतान्तरसहित अगाडि
स्वतन्त्र उम्मेदवार मनोज साह।

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी रहँदा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले लगभग तेब्बर मतान्तरले अग्रता कायम राखेका छन्।

वडा नम्बर १ को ११८० मत गणना हुँदा मनोजले ४०६, नेकपा (एमाले)का शिवशंकर साह (हीरा)ले १५०, स्वतन्त्र उम्मेदवार बलराम महतोले ८७, स्वतन्त्र उम्मेदवार जानकीराम साहले ८२, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ६८ मत ल्याएका छन्।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका जसपाका लालकिशोर साह छैठौँ नम्बरमा छन्। उनले ६० मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell