PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, एमालेका स्थापित दोस्रोमा



पहिलोपोस्ट

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, एमालेका स्थापित दोस्रोमा

काठमाडौं : राष्ट्रियसभा गृहमा भइरहेको काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायम गरेका छन्। १ हजार २८० मत गणना हुँदा बालेनले ४०२ मत पाएका छन्।

यस्तै, नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३१९ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत प्राप्त गरेका छन्।

महानगरका ३२ वटा वडा मध्ये ४ वटा वडाको मतपेटिका खोलेर मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार सुमन सायमिले पनि खाता खोलेका छन्। सायमिले ६४ मत प्राप्त गरेका छन्।

यस्तै, उपप्रमुखमा एमालेकी सुनिता डंगोलले अग्रता लिइरहेकी छिन्। उनलाई गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले पछ्याइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell