हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की मीना कुमारी लामाको अग्रता कायम रहेको छ।
हेटौँडा उपमहानगरको हाल १, २, १८ र १९ नम्बर वडाको मत गणना कार्य भइरहेको छ। हालसम्म २४६८ मत गणना हुँदा सत्तारुढ गठबन्धनले मेयर र उपमेयर दुवैमा अग्रता लिएको छ।
हालसम्म सत्तारुढ गठबन्धनतर्फ मेयरकी उम्मेदवार मीना लामाले ७५४ मत प्राप्त गरेकी छन्। उनलाई एमालेका उम्मेदवार अनन्त प्रसाद पौडेलले ७५३ मतसहित पछ्याइरहेका छन्।
राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह ६९२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।