PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

टीकापुर नगरपालिकामा रेशम चौधरीको दलको फराकिलो अग्रता



पहिलोपोस्ट

टीकापुर नगरपालिकामा रेशम चौधरीको दलको फराकिलो अग्रता

कैलालीः कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता बनाएको छ। मतगणना अनुसार पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु दोब्बर बढी मतले अगाडि छन्।

थारुले ५८८ र उपमेयर पदका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा नेकपा (एमाले) छ। एमालेबाट मेयर पदका उम्मेदवार श्याम खत्रीले २६७ मत र उपमेयर उपमा केसीले १९० मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेको गठबन्धनका तर्फबाट कांग्रेसका मेयर पदका उम्मेदवार नवराज रावलले २१९ मत र माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार खड्क शाहले २१३ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell