PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनको अग्रता



पहिलोपोस्ट

सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनको अग्रता
प्रतीकात्मक तस्बिर।

काठमाडौं : सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट गाउँपालिका प्रमुखमा कांग्रेसका चन्द्रबहादुर राईले अग्रता लिएका छन्।

राईले ३०४ मत ल्याउँदा नेकपा (एमाले)का बुद्धिकिरण राई २७२ मतसहित दोस्रो स्थानमा छन्।

त्यस्तै, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का गौरव राईले ३१० मतसहित अग्रता लिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी जुनितामाया मगरले २७९ मत ल्याएकी छिन्।

१० हजार ४६८ मतदाता रहेको यस गाउँपालिकामा ६४.३५ प्रतिशत अर्थात ६ हजार ७३७ मत खसेको थियो। जसमा ३ हजार २२२ महिला र ३ हजार ५१५ पुरुष रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell