PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निर्वाचनको दिन महिलाको मृत्यु प्रकरणमा झडप हुँदा घाइते एक युवकको मृत्यु,घटनामा संलग्न चार जना समातिए



पहिलोपोस्ट

निर्वाचनको दिन महिलाको मृत्यु प्रकरणमा झडप हुँदा घाइते एक युवकको मृत्यु,घटनामा संलग्न चार जना समातिए

काठमाडौंः आपसी झडपमा कुटपिट हुँदा गम्भीर घाइते भएका सोलुखुम्बु सोताङ गाउँपालिका-३ खहरे बस्ने ३५ वर्षीय सुदिप राईको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा गएराति मृत्यु भएको छ।

सोताङ गाउँपालिका-३ स्थित सोताङ आधारभूत विद्यालय खहरे मतदान केन्द्रमा बिरामी अवस्थामा मतदान गर्न गएकी सोही ठाउँ बस्ने ५५ वर्षीया संचमाया राईलाई मतदान गरेपपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ लगिएको थियो। सामान्य उपचार पश्चात घरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बिषयलाई लिएर शुक्रबार दिउँसो भएको झडपमा कुटपिट हुँदा घाइते भएका सुदिपको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

कुटपिटमा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय साजन भन्ने चक्र भुजेलसहित तीन जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell