PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

टोखामा एमालेको अग्रता कायमै, कसको मत कति?



पहिलोपोस्ट

टोखामा एमालेको अग्रता कायमै, कसको मत कति?

काठमाडौँः काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएको छन्। शुक्रबार सम्पन्न मतदानमा दुई हजार २५८ मतगणना हुँदा एमालेका उम्मेदवार प्रकाश अधिकारीले ९३५ मतका साथ अग्रता लिएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रजनी थापाले ८०१ मत प्राप्त गरेको टोखाका सहायक निर्वाचन अधिकृत अनिल जोशीले जानकारी दिए।

यस्तै, उपप्रमुखमा पनि एमालेकै ज्ञानमाया डङ्गोलले अग्रता लिएकी छिन्। डङ्गोलले ८७५ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मुरारी तामाङले ८०३ मत प्राप्त गरेको जोशीले बताए।

माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले १८५ र माओवादी केन्द्रकै उपप्रमुखको उम्मेदवारले २४१ मत प्राप्त गरेका छन्।

कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको सहायक निर्वाचन अधिकृत जोशीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell