PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

१२ सय मत गन्दा काठमाडौं महानगरमा कसैलाई ४ सयसम्म भोट, केहीको खाता समेत खुलेन



पहिलोपोस्ट

१२ सय मत गन्दा काठमाडौं महानगरमा कसैलाई ४ सयसम्म भोट, केहीको खाता समेत खुलेन

काठमाडौं: अहिले देशका अधिकांश स्थानमा स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ। केही स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ। महानगर, उपमहानगर र धेरै मतदाता रहेका स्थानीय तहको गणना जारी छ। कतिपय स्थानमा गणना कार्य सुरु हुन सकेको छैन।संघीय राजधानी काठमाडौँको महानगरको नतिजालाई निकै चासोपूर्वक हेरिएको छ। सुरुवाती गणनामा स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेपछि धेरैलाई परिणामले ध्यान खिचेको छ।  

राष्ट्रिय सभागृहमा भइरहेको काठमाडौंको मतगणनामा साँझ साढे ६ बजेसम्मको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायम राखेका छन्। करिब १२ सय मत गणना हुँदा बालेनले ४०२ मत पाएका छन्। यस्तै, नेकपा (एमाले) का केशव स्थापितले ३१९ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत प्राप्त गरेका छन्।

महानगरका ३२ वटा वडामध्ये वडा नम्बर ३२, १ र २ को मतगणना भइरहेको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमिले पनि खाता खोलेका छन्। सायमिले ६४ मत प्राप्त गरेका छन्। १२ सय मतगणना हुँदा मेयरको पदमा शून्य हुनेहरुको सङ्ख्या पनि उतिकै छ।

चुनाव चिन्ह रिक्सा, महिला पुरुष, बाघ, किताव, किवोर्डसहितको कम्युटर, कार, ढल्केको छाता भएका उम्मेदवारले खाता समेत खोल्न सकेका छैनन्।

त्यस्तै पुतली,साँचो, तीर चुनाव चिन्ह भएका उम्मेदवारले १ भोट पाएका छन्। हलो चुनाव चिन्हले ५३ मत पाएको छ। कलम चुनाव चिन्हले १० भोट पाएको छ। महानगर प्रमुखमा ५५ जनाबीच प्रतिस्पर्धा भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell