PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

देउवाको गृह पालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित



पहिलोपोस्ट

देउवाको गृह पालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित

काठमाडौंः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

पाँच वडा रहेको गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गन्यापधुराले जनाएको छ।

कार्कीले तीन हजार ३८४ मत प्रप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाए।

उपाध्यक्षमा सेटीले तीन हजार १३ मत पाउँदानिकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्र महराले एक हजार ७०३ मत पाइन्। प्रधानमन्त्री देउवाले वडा नं १ को रुवाखोलाबाट मतदान गरेका हुन्।

अध्यक्षमा निर्वाचित कार्की यसअघि गन्यापधुरा वडा २ का वडाध्यक्ष हुन्। गन्यापधुराको वडा १ मा भने  कांग्रेसले कारबाही गरेका कर्ण मल्लका उम्मेदवार नरेशराज भण्डारी निर्वाचित भएका छन्। कांग्रेस (बीपी) बाट भण्डारी उम्मेदवार भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell