PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

काठमाडौं महानगरको उपप्रमुखमा सुनिताको फराकिलो अग्रता, प्रतिस्पर्धीभन्दा ५ गुणाले बढी मत



पहिलोपोस्ट

काठमाडौं महानगरको उपप्रमुखमा सुनिताको फराकिलो अग्रता, प्रतिस्पर्धीभन्दा ५ गुणाले बढी मत

काठमाडौँ: काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले) की सुनिता डंगोलले अग्रता बढाएकी छिन्।

उनले गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई झन्डै पाँच गुणा मतले पछि पारेकी छिन्। सुनिताले महानगरका तीनवटा वडाको मतगणना भइरहँदा ५२० मत प्राप्त गरेकी छिन्। गठबन्धनको तर्फबाट श्रेष्ठले ११० मत प्राप्त गरेका छन्। सुनिताले पाएको मत रामेश्वरको तुलनामा झन्डै पाँच गुणाले बढी हो। त्यस्तै हलो चिन्हका उम्मेदवारले पनि १०५ मत पाएकी छन्। हलोबाट विनीता मगैया प्रतिस्पर्धामा छिन्। 

स्वतन्त्रबाट विद्या श्रेष्ठले पनि ६० मत पाएकी छिन्। राष्ट्रिय सभागृहमा अहिले काठमाडौंको वडा नम्बर १, २ र ३२ को मतगणना भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell