PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

वीरगंजमा गठबन्धनका राजेशमान अगाडि, पछ्याउँदै एमालेका विजय सरावगी



पहिलोपोस्ट

वीरगंजमा गठबन्धनका राजेशमान अगाडि, पछ्याउँदै एमालेका विजय सरावगी

वीरगंजः वीरगंज महानगरमा जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन्। एमालेका मेयर पदका उम्मेदवार विजयकुमार सरावगीभन्दा २६ मतले अगाडि छन्। महानगरको ३१ नम्बर वडा बेल्वाको कूल खसेको ३८ सय मतमध्ये अहिले १५० मात्रै गणना भएको छ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार सिंहले ७९, एमालेका सरावगीले ५३ र राप्रपाका गिरीश गिरीले २ मत पाएका छन्। त्यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका इम्तियाज आलमले ३९, एमाले-लोसपा गठबन्धनका पुरुषोत्तमलाल झाले १२ मत ल्याएका छन्। राप्रपाकी विणा जैसवाल कुर्मीले ५ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले ३ मत पाएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell