PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

विराटनगर महानगरको प्रमुखमा कांग्रेसका कोइराला र उपप्रमुखमा एमालेकी कार्कीको अग्रता कायमै  



पहिलोपोस्ट

विराटनगर महानगरको प्रमुखमा कांग्रेसका कोइराला र उपप्रमुखमा एमालेकी कार्कीको अग्रता कायमै  

विराटनगरः विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले आफ्नो अग्रता कायमै राखेका छन्। पछिल्लो परिणामअनुसार कोइरालाले १०३४ मत हासिल गरेका छन्। एमालेका सागर थापाले ७८५ मत ल्याएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवको २७७ मत छ ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेका शिल्पा निराला कार्कीको अग्रता जारी छ। कार्कीले ८५७ मत ल्याउँदा सत्ता गठबन्धनका अमरेन्द्र यादवले ५४४ मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १६८ मत हासिल गरेकी छन्।

विराटनगरको कूल मतदाता सङ्ख्या १ लाख ३३ हजार १४२ हो। जसमा ८९ हजार ७८९ मत खसेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell