![अक्षय कुमार फेरि कोरोना भाइरसबाट भए संक्रमित](https://pahilopost.com/assets/upload/contentthumb/akshay-kumar-1.jpg)
बलिउड अभिनेता अक्षय कुमारलाई फेरि कोरोना भाइरस संक्रमण भएको छ। क्यान्स २०२२ मा जाने तयारीमा रहेका उनको परीक्षण गर्दा कोभिड १९ रिपोर्ट पोजेटिभ आएको हो।
२०७७ साल चैत महिनामा पनि उनमा कोरोना देखिएको थियो। त्यसबेला उनलाई अस्पताल नै भर्ना गरिएको थियो। हाल भने उनको स्वास्थ्य अवस्था सामान्य नै छ।
पछिल्लो समय भारतमा फेरि कोरोना भाइरस संक्रमण बढिरहेको छ। शनिबार बिहानसम्मको तथ्यांक अनुसार थप २ हजार ८५८ जनामा संक्रमण देखिएको छ भने १९ जनाको मृत्यु भएको छ।
Was really looking forward to rooting for our cinema at the India Pavilion at #Cannes2022, but have sadly tested positive for Covid. Will rest it out. Loads of best wishes to you and your entire team, @ianuragthakur. Will really miss being there.
— Akshay Kumar (@akshaykumar) May 14, 2022