PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

गुल्मीको रेसुङ्गा नगरपालिकाको अध्यक्षमा पन्थी र उपाध्यक्षमा कुँवर विजयी



पहिलोपोस्ट

गुल्मीको रेसुङ्गा नगरपालिकाको अध्यक्षमा पन्थी र उपाध्यक्षमा कुँवर विजयी

काठमाडौँः गुल्मीको रेसुङ्गा नगरपालिका अध्यक्षमा कांग्रेसका खिलध्वन पन्थी निर्वाचित भएका छन्। उपप्रमुखमा पनि कांग्रेसकै अमृतादेवी कुँवर निर्वाचित भइन्। 

एमाले उम्मेदवारलाई पराजित गर्दै पन्थी र कुँवर निर्वाचित भएका हुन्। 

कुँवरले ८ हजार ६१४ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी एमालेका राजेन्द्रप्रसाद पाण्डेयले सात हजार ३२० मत पाए। 
यस्तै उपप्रमुखमा कुँवरले आठ हजार ६१९ मत पाइन्। एमालेकी रिता पाण्डेले सात हजार २३१ मत पाइन्। 

१४ मध्ये दश वडामा पनि कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। चार वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell