PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

८५ मतदान केन्द्रमा हुन सकेन चुनाव, १९ मतदान केन्द्रमा फेरि तोकियो निर्वाचन



पहिलोपोस्ट

८५ मतदान केन्द्रमा हुन सकेन चुनाव, १९ मतदान केन्द्रमा फेरि तोकियो निर्वाचन

काठमाडौँ ८५ मतदान केन्द्रमा चुनाव रोकिएको छ। हिजो देशव्यापी रुपमा सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत १७ जिल्लाका ४४ मतदानस्थलको ८५ मतदान केन्द्रमा मतदान रोकिएको निर्वाचन आयोगले जनाएको छ।

रोकिएका मध्ये १० मतदान स्थलका १९ केन्द्रमा पुनः चुनावको मिति तोकिएको निर्वाचन आयोगले जनाएको छ।

जसमा धनकुटाको ठाकुरदेवी माविमा रहेका ३ मतदान केन्द्रमा जेठ २ गते,  सप्तरीको जनता माविमा रहेको २ मतदान केन्द्रमा जेठ १, रामेछापको राकमथुममा रेहका ३ मतदान केन्द्रमा जेठ २ मा चुनाव हुने तय भएको छ। यस्तै, काभ्रेको श्रीराम माविमा रहेका २ मतदान केन्द्रमा जेठ ३,  कालिकोटको रास्कोटस्थित  रमालमस्टो माविमा रहेको १ मतदान केन्द्रमा जेठ १, कालिकोटको जनता माविमा रहेको १ मतदान केन्द्रमा जेठ १ गते चुनाव हुने भएको छ।

बझाङको जगन्नाथ माविमा रहेको २ मतदान केन्द्रमा जेठ २, बझाङकै सुनिपिपलचौर माविमा रहेको २ मतदान केन्द्रमा जेठ १, बझाङकै कृष्ण प्राविमा रहेको १ मतदान केन्द्रमा जेठ २ र बझाङकै आधावगर माविमा रहेको २ मतदान केन्द्रमा जेठ २ गते चुनाव हुने तय भएको आयोगले बताएको छ।

झडपका कारण ८५ मतदान केन्द्रमा चुनाव स्थगित भएको थियो। आयोगले निर्वाचन अधिकृतसँगको परामर्शमा चुनावको मिति तय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell