PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो एफए कपको उपाधि



पहिलोपोस्ट

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो एफए कपको उपाधि
Photo: Liverpool Fc/Twitter

चेल्सीलाई हराउँदै लिभरपुलले एफएफ कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा गएराति सम्पन्न खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै लिभरपुलले उपाधि जितेको हो।

निर्धारित ९० मिनेटको समय र अतिरिक्त समयमा पनि दुबै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा रोकिएको थियो। पेनाल्टी सुटआउटमा भने लिभरपुलले ६-५ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्‍यो। चेल्सीका म्यासन माउन्ट र सेसर एज्पिलिक्वेटा पेनाल्टीमा चुकेका थिए भने लिभरपुलका साडियो माने चुकेका थिए। यो सँगै लिभरपुलले क्लबको इतिहासमा ८ औं पटक एफए कपको उपाधि जितको छ।

लिभरपुल अझै प्रिमियर लिग र च्याम्पियन्स लिगमा पनि उपाधिको होडमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell