PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

युगाण्डासँगको श्रृंखलाका लागि नेपाली महिला क्रिकेट टोली उत्साहित



पहिलोपोस्ट

युगाण्डासँगको श्रृंखलाका लागि नेपाली महिला क्रिकेट टोली उत्साहित
तस्बिर : क्यान

काठमाडौं: पुरुष राष्ट्रिय क्रिकेट टोलीको तुलनामा महिला क्रिकेट टोलीले विरलैमात्र प्रतियोगितामा अवसर पाउँदै आएका छन्। केही अन्तर्राष्ट्रिय खेल बाहेक अन्य प्रतियोगिता आयोजना हुन नसक्दा महिला टोली सिमित प्रतियोगितामा मात्र खुम्चिँदै आएको छ। तर यसपल्ट भने नेपाल क्रिकेट संघ (क्यान)ले महिला टोलीका लागि युगाण्डासँग आइतवारबाट पाँच ट्वान्टी–२० आई श्रृंखलामा समावेश गर्दैछ। उक्त श्रृंखलमा सहभागि हुन पाउँदा टोली निकै उत्साहित छ र घरेलु मैदानमा आयोजना हुन लागेको श्रृंखलाका लागि टोलीले सुखद् नतिजा निकाल्न अभ्यास तीव्र रुपमा दिएको छ।

सीमित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको नेपाली महिला टोली आइतवारबाट आयोजना हुने पाँच ट्वान्टी–२० श्रृखंलाका लागि उत्साहित हुँदै तयारी गरिरहेको छ। विरलै मात्र यस्ता अवसर पाउने गरेको नेपाली महिला टोली पहिलोपटक स्वदेशमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। युगाण्डाविरुद्ध हुने खेल ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेकाले यसले नेपालको विश्व वरियतामा पनि असर गर्नेछ। केही अनुभवी अनुहार समेट्दै घोषणा भएको टोलीको तयारी राम्रो भएको प्रशिक्षक जगत टमाटाले बताए। घरेलु मैदानमा आयोजना हुन लागेको श्रृंखलाका लागि नेपाली टोली उत्साहित भएको प्रशिक्षक टमाटाले बताए।

घोषणा भएको टोलीमा यसपटक टोलीमा यु–१९ का केही खेलाडी पनि समावेश छन्। सँगै अनुभवी खेलाडी पनि छन्। प्रशिक्षक टमाटाले भ्रमणमा आउन लागेको टोली नेपाली टोली स्तरकै भएको भन्दै श्रृखंला प्रतिष्पर्धात्मक हुने बताए। सोही कारण तयारीलाई तीव्रता दिइएको टमाटाको भनाइ छ।

श्रृंखलाका लागि युगाण्डाको टोली आज साँझ मात्र नेपाल आइपुग्ने तालिका रहेको छ। यस्तै नेपाली टोलीकी कप्तान रुविना क्षेत्री र उपकप्तान सीता राना मगर पनि नेपालमा छैनन्। फेयर ब्रेकको खेलका लागि क्षेत्री र मगर नेपाल बाहिर रहेका छन्। क्यानका अनुसार रुबिना आइतवार नेपाल आइपुग्ने छिन् भने सीता एक वा दुई खेल पछि टोलीमा जोडिने बताइएको छ। घरेलु मैदानमा हुन लागेको श्रृंखला नेपाली टोलीका लागि अनभुव सँगाल्ने अवसर भएको नेपाली टोलीकी सदस्य इन्दु बर्माले बताइन्।

नेपाली महिला टोलीले आइतवाबाट विश्व वरीयताको १९ औं स्थानमा रहेको युगाण्डासँग खेल्न लागेको हो। नेपाल र युगाण्डाबीचको पहिलो ट्वान्टी–२० खेल जेठ २ गते हुनेछ भने दोस्रो जेठ ३ गते र तेस्रो जेठ ५ गते हुनेछ। यस्तै चौथो जेठ ६ गते र अन्तिम खेल जेठ ७ गते हुनेछ।

नेपाली टोली:

रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु वर्मा, ज्योति पाण्डे, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अस्मिना कर्माचार्य, संगिता राई, सबनम राई, रोमा थापा, सरिता मगर, हिरानमयी रोय, बिन्दु रावल

(न्युज एजेन्सी नेपाल)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell