
काठमाडौं: काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहले आफ्नो अग्रतालाई झण्डै दोब्बर बनाएका छन्। १,२,३,४ र ३२ वडाको मत गणना हुदा साहाको मत १ हजार ५ सय ७५ छ। उनलाई पछ्इरहेका छन् नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार सिर्जना सिंह र केशव स्थापितले। स्थापितको मत ९ सय ८५ छ भने सिंहको मत ८ सय २५ छ। स्थापित भन्दा साह ५ सय ९० मतले अघि छन्। सिंहभन्दा ७ सय ५० मतले अघि छन्। मेयरमा सुमन सायामिले १६५ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १९१ मत ल्याउदा विवेकशिल साझाकी समीक्षा बास्कोटाले २३ मत मात्रै ल्याएकी छन्।
यस्तै खड्ग चुनाव चिन्हले ५, सुगाले १, तिरले ६, साँचोले १, किताबले २, रिक्सा १, घोगो १ र पुतलीले १ मत मात्रै ल्याएका छन्। उपमेययर तर्फ एमालेकी उम्मेदवार सुनिता डंगोल अग्रस्थानमा छन्। उनले १ हजार ७ सय ४३ मत ल्याएकि छन्। नेकपा एकीकृत समाजवादीका उपेयर रामेश्वर श्रेष्ठले ५१६ मत ल्याएका छन्। विवेकशिल साझाकी कृति कंशकारले ७६, राप्रपाका विनिता मगैयाले ४१३ मत ल्याएकी छन्।