PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अस्ट्रेलियाका पूर्व क्रिकेटर एन्ड्रयु साइमन्डसको कार दुर्घटनामा मृत्यु



पहिलोपोस्ट

अस्ट्रेलियाका पूर्व क्रिकेटर एन्ड्रयु साइमन्डसको कार दुर्घटनामा मृत्यु
Getty Images

अस्ट्रेलियाका पूर्व क्रिकेटर एन्ड्रयु साइमन्डसको कार दुर्घटनामा मृत्यु भएको छ। शनिवार राति टाउन्सविलेमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो। दुर्घटनपछी गम्भीर घाइते भएका उनको उपचारको क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। तीब्र गतिमा गाडी चलाइरहेका उनको राति साढे १० बजे दुर्घटना भएको बताइएको छ।

साइमण्डसले सन् २००४ देखि २००८ को बीचमा २६ वटा टेस्ट, १९८ एकदिवसीय अन्तर्राष्ट्रिय र १४ टी २० अन्तर्राष्ट्रिय क्रिकेट अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेलेका थिए। सन् २०१२ मा क्रिकेट करियरबाट संन्यास लिएयता उनी फक्स स्पोर्टसमा क्रिकेट कमेन्टेटरका रुपमा काम गरेका थिए।

यहीवर्ष अस्ट्रेलियन क्रिकेट टोलीमा महत्वपूर्ण सदस्यका रुपमा रहेका तीन खेलाडीको निधन भइसकेको छ। ४६ वर्षे साइमन्ड भन्दा अघि रड मार्स र शेन वार्नको पनि निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell