PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

न्युयोर्कको सुपरमार्केटमा एक युवाले चलाए अन्धधुन्ध गोली, १० जनाको मृत्यु



पहिलोपोस्ट

न्युयोर्कको सुपरमार्केटमा एक युवाले चलाए अन्धधुन्ध गोली, १० जनाको मृत्यु
Derek Gee/The Buffalo News/AP

अमेरिकाको न्युयोर्कस्थित बफेलो सुपरमार्केटमा एक किशोरले अन्धधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ। घटनामा परी तीन जना गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रहरी अधिकारीहरुले बताएअनुसार प्रहरीको जस्तै देखिने बर्दी लगाएका १८ वर्षे युवाले हेल्मेट लगाएका थिए जसमा क्यामरा जडान गरिएको थियो। उनले यो हमलाको लाइभ स्ट्रिमिङसमेत गरेका थिए।

प्रहरीका कमिस्नर जोसफ ग्रामग्लियाले बताएअनुसार बन्दुकधारी युवा स्टोरको बाहिर ४ जनालाई गोली हानेर स्टोर भित्र प्रवेश गरेका थिए। यसक्रममा सेक्युरिटी गार्डले उनीमाथि गोली चलाए पनि बुलेटप्रुफ ज्याकेट लगाएका कारण उनलाई त्यसको असर भएन। र, उनले गार्डमाथि पनि गोली प्रहार गरे। हमलामा परेकामध्ये ११ जना अश्वेत र २ जना स्वेत थिए। प्रहरीले यो प्रकरणलाई नस्लीय रुपले प्रेरित हमलाको रुपमा अनुसन्धान गरिएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell