PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ललितपुर महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी



पहिलोपोस्ट

ललितपुर महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी

ललितपुर : ललितपुर महानगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन्। उनले ६६१ मत प्राप्त गरी विजयी भएका हुन्। उनी पुतली चुनाव चिह्न लिएर उठेका थिए।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ध्रुव तण्डुकारले ४२५ मत प्राप्त गरेका छन्।

यस्तै,  वडा सदस्य पदमा नेपाली कांग्रेसका कृष्ण महर्जन र हरिहर तण्डुकार विजयी भएका छन्। महिला सदस्य पदमा कांग्रसकै अन्जना कार्की विजयी भएका छन्।  

नगर प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम छ।

कांग्रेसका उम्मेदवार महर्जनले ८७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाएका छन्। उपप्रमुखमा एमालेका शाक्यले ४४४ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १८१ मत पाएका हुन्। महानगरपालिकामा २९ वडा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell