PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बडीकेदारको अध्यक्षमा भैरव बहादुर र उपाध्यक्षमा डम्मरी कुमारी विजयी



पहिलोपोस्ट

बडीकेदारको अध्यक्षमा भैरव बहादुर र उपाध्यक्षमा डम्मरी कुमारी विजयी
बडीकेदार गाउँपालिका अध्यक्ष पदमा विजयी भैरवबहादुर र उपाध्यक्ष डम्मरीकुमारी

काठमाडौं : डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार भैरव बहादुर साउँद निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार चक्र बहादुर घर्तीमगरले १ हजार ६८४ मत ल्याउँदा साउँदले २ हजार ३४३ मत ल्याउँदै विजयी भएका हुन्।

यस्तै, गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै डम्मरी कुमारी विष्ट निर्वाचित भएकी छिन्। उनले २ हजार ४०७ मत प्राप्त गरिन्। एमालेकी सपना सिराडीले २ हजार २७६ मत प्राप्त गरिन्।

५ वटा वडा मध्ये वडा १ अध्यक्ष मा कांग्रेसका डबल बहादुर बोहरा प्यानल सहित विजयी भएका छन्। वडा २ अध्यक्षमा भने नेकपा माओवादी केन्द्रका प्रमे बहादुर घर्तीमगर विजयी भए। वडा सदस्य पदमा भने सबै कांग्रेसका उम्मेदवार विवयी भएका छन्।। यस्तै, वडा ३ अध्यक्षमा कांग्रेसकै रामबहादुर गुरुङ प्यानल सहित विजयी भए।

वडा ४ को अध्यक्षमा भने एमालेका कर्ण बहादुर जेठरा विजयी हुँदा वडा ५ मा एमालेकै पदम सिंह बोहरा विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell