PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

चन्द्रागिरिमा कांग्रेसको अग्रता : वडा १ मा कांग्रेस र २ मा माओवादी विजयी



पहिलोपोस्ट

चन्द्रागिरिमा कांग्रेसको अग्रता : वडा १ मा कांग्रेस र २ मा माओवादी विजयी
वडा नं १ अध्यक्षमा विजयी कांग्रेसका उम्मेदवार हरिश्याम रानामगर। तस्विर : रामेश्वर श्रेष्ठ/ फेसबुक

काठमाडौं : चन्द्रागिरि नगरपालिका-१ को वडाअध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा  नेकपा (माओवादी केन्द्र) विजयी भएका छन्।

शुक्रबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार वडा नं १ मा कांग्रेसका उम्मेदवार हरिश्याम रानामगरले एक हजार १२१ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र केसीले एक हजार ५७ मत प्राप्त गरे।

यस्तै, चन्द्रागिरि-२ को वडाअध्यक्षमा माओवादीका उम्मेदवार भाइकृष्ण तामाङले ९४९ मत प्राप्त विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङले ७२५ मत प्राप्त गरे।

चन्द्रागिरि नगर प्रमुखमा कांग्रेसले अग्रता लिएको छ। नगरपालिकाभित्रका पाँच हजार ६७७ मत गणना हुँदा कांग्रेसका उम्मेदवार घनश्याम गिरीले दुई हजार ४१३ मत ल्याएर अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले एक हजार ८९४ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell