PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

भरतपुर-१ मा कांग्रेस विजयी, वडामा एमाले उम्मेदवारले पाएको भन्दा कम मत पाए विजय सुवेदीले



पहिलोपोस्ट

भरतपुर-१ मा कांग्रेस विजयी, वडामा एमाले उम्मेदवारले पाएको भन्दा कम मत पाए विजय सुवेदीले
फोटो : चितवन पोस्ट

काठमाडौं : भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम गरेकी छिन्। भरतपुर वडा नं १ को मत गणना सकिँदा दाहालले एक हजार २०८ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले एक हजार ८७ मत प्राप्त गरेका छन्। 

यहाँ स्वतन्त्र उम्मेदवार रहेका जगन्नाथ पौडेलले ४३० मत पाएका छन्। यहाँ विवेकशील साझाका प्रविण काफ्लेले ८ मत मात्र प्राप्त गरेका छन्।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार ३६२ मत प्राप्त गरेका छन्। एमालेसँग गठबन्धन गरेको राप्रपाकी उपमेयर उम्मेदवार हिमला गुरुङले ८७७ मत पाएकी छन्। 

वडामा कांग्रेस विजयी

वडा नं १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेशका केशव महर्जनले एमालेका शुक्रकुमार श्रेष्ठलाई ८४ मतान्तरले पराजित गरेका छन्। 

महर्जनले एक हजार ३९७ मत ल्याउँदा एमालेका श्रेष्ठले एक हजार ३१३ मत ल्याएका छन्। जुन सो वडामा एमालेका मेयर पदका उम्मेदवार सुवेदीले पाएको भन्दा २२६ मत बढी हो। 

यस वडामा कांग्रेसका उपमेयर उम्मेदवार अधिकारीले भन्दा माओवादीकी उम्मेदवार दाहालले  १५४ मत कम पाएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell