PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मतगणना सुरु भएको ३४ घण्टा बित्यो, कागेश्वरीको वडा १ मा ३१०० मत गणना गर्न धौधौ



रासस

मतगणना सुरु भएको ३४ घण्टा बित्यो, कागेश्वरीको वडा १ मा ३१०० मत गणना गर्न धौधौ

काठमाडौं : शनिबार बिहान २ बजेदेखि सुरु भएको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको मतगणना अझै जारी छ।  मतगणना सुरु भएको ३४ घण्टा बितिसक्दा पनि तीन हजार १०० मतगणना गर्न सकिएको छैन।

वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै शनिवार बिहान २ बजेदेखि नगरको १ नं वडाको मतगणना सुरु भएको थियो। शनिबार बिहानदेखि गणना सुरु भएको १ नं वडाको मतगणना अझै सकिएको छैन।

हालसम्म वडा नं १ को दुई हजार ४२४ मतगणना भएको नगर निर्वाचन अधिकृत शारदा राउतले लाई जानकारी दिए।

वडा नं १ मा तीन हजार १०० मत खसेको छ। बाँकी ७०० मतगणना गर्न आज बेलुकीसम्म लाग्ने अधिकृत राउतले बताए। निर्वाचन अधिकृतको कार्यालयमा स्थान अभावका कारण धेरै मतगणना गर्न सकिने अवस्था छैन। हाल ९ नं वडाको पनि मतगणना भइरहेको छ। यहाँ दुई वटा वडाको मात्र मतगणना गर्न सकिने हल रहेको छ।

आज दिउँसोको खानापछि अर्को स्थानमा मतगणनाका लागि थप गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।

वडा नं ९ को भने करिब एक हजार ७०० मतगणना भएको छ। नगरको वडा नं ९ मा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवारले अग्रता लिएको जनाइएको छ। वडा नं १ मा भने अहिले थोरै मतान्तरले नेकपा (एमाले)ले अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणना भइरहेको दुवै वडाको वडाध्यक्ष पदमा भने एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन्। नगरपालिकामा नौ वटा वडा छन्। नगरपालिकामा कुल ३५ हजार ४९३ मतदाता छन्। जसमध्ये २६ हजार ९२८ मत खसेको थियो। यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा एमाले विजयी भएको थियो। सो निर्वाचनमा एमालेले ६ वटा वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो।

एमालेबाट विजयी नगर प्रमुख कृष्णहरि थापा हाल नेकपा एकीकृत समाजवादीमा छन्। उनी यो निर्वाचनमा पनि समाजवादीबाट नगर प्रमुख पदमा प्रतिस्पर्धामा छन्। मतगणनाको प्रारम्भिक परिणाम अनुसार उनी हाल तेस्रो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell