PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस विजयी



पहिलोपोस्ट

ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं : बाग्लुङको ताराखोला गाउँपालिकामा गठबन्धनले जित हात पारेको छ। गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक र उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोका निर्वाचित भएका छन्। 

गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार विकले २ हजार २८५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी पुतली चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्ति मगरले दुई हजार ९० मत पाएका छन्। 

घर्ती २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए। त्यस्तै एमालेका रिसीराम रोकाले ३९१ मत मात्र प्राप्त गरेका छन्। त्यहाँ अर्का स्वतन्त्र उम्मेदवार यामबहादुर रोकाको ४८ मत छ। 

गाउँपालिका उपाध्यक्षमा कांग्रेसका रोका ३ हजार ४०३ मत ल्याएर निर्वाचित भएका छन्। उनले एमालेका थममाया घर्तीलाई पराजित गरेका हुन्। घर्तीले १ हजार ५६१ मत ल्याएकी छन्। 

ताराखोलाका पाँच वटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। वडा १ मा माओवादीका यमबहादुर श्रीश, २ मा भद्रबहादुर घर्ती, २ मा कर्णबहादुर भण्डारी,  ४ मा जीतबहादुर खत्री र ५ मा मनबहादुर रोका वडाध्यक्षमा निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell