
काठमाडौं : बाग्लुङको तमानखोला गाउँपालिकामा कांग्रेसका जोकलाल बूढा निर्वाचित भएका छन्। बूढाले दुई हजार ७०७ मा मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का देवबहादुर पुनले एक हजार ९९५ मत पाएका छन्। त्यहाँ नेकपा (एमाले)का देवन्द्र छन्त्यालले ३९२ मत मात्र पाएका छन्।
उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन्। कांग्रेसकी हिराकुमारी छन्त्यालले दुई हजार ७६८ मत पाएकी छन्। उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निशु रसाइलीले एक हजार ९५८ मत पाएका छन्।
यहाँका छ वडा मध्ये १, २ र ४ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ। माओवादी केन्द्रबाट १ मा थमबहादुर रोका, २ मा नारायण सुनार, र ४ मा छप्रसाद श्रीपाली वडाध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै ३, ५ र ६ वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ। ३ मा झकबहादुर बूढा, ५ मा हिराबहादुर बिक र ६ मा चित्रबहादुर छन्त्याल विजयी भएका छन्।