PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

जनकपुरधाम उपमहानगरको वडा नम्बर १ र २ मा कांग्रेसको प्यानल नै विजयी



पहिलोपोस्ट

जनकपुरधाम उपमहानगरको वडा नम्बर १ र २ मा कांग्रेसको प्यानल नै विजयी

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ र २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।

वडा नम्बर १ को वडाध्यक्षमा दिपनारायण यादवले १ हजार १४३ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का लभकुमार अधिकारीले ५४१ मत ल्याएका हुन्।

यस्तै, सदस्यहरुमा मतिया देवी सादा मुसहर १ हजार १२२, शारदा पंत १ हजार ११९, विजय कुमार साह ९५६ र मनोज कुमार पुर्वे ९२० मत ल्याएर विजयी भएका छन्।

वडा नम्बर २ मा पनि नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। आइतवार आएको परिणाम अनुसार जनकपुरधाम-२ मा कांग्रेसका शिव कुमार साह ६११ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का अशोक कुमार गुप्ताले २९५, एमालेका संतोष कुमार साहले १५७ मत ल्याएका छन्।

यस्तै, कांग्रेसबाट महिला सदस्यमा सिता देवी साह ५५८, दलित महिला सदस्यमा धनेश्वरी देवी मुखिया ५५३, सदस्य अमित कुमार साह ४९९, महेश खत्वे ४२३ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell