PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

काठमाडौं महानगरमा बालेन साहको अग्रता कायमै, स्थापित ९४० मतले पछाडि



पहिलोपोस्ट

काठमाडौं महानगरमा बालेन साहको अग्रता कायमै, स्थापित ९४० मतले पछाडि

काठमाडौं :  काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायम गरिरहेका छन्। पछिल्लो मतगणना विवरण अनुसार मेयर पदमा बालेन साहले २ हजार १३९ मत प्राप्त गरेका छन्।

हाल काठमाडौं महानगरका वडा १,२ ,३, ४ र ३२ नं वडाको मतगणना जारी छ। 

त्यस्तै नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले एक हजार १९९ मत पाएका छन्। कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक हजार ५७ मत पाएकी छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मदनदास श्रेष्ठले २३३ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार सुमन सायमीले २२१ मत पाएका छन्। विवेकशील साझापकी समिक्षा बास्कोटाले जम्मा २८ मत पाएकी छन्।  

उपमेयर तर्फ नेकपा एमालेकी सुनिता डंगोलले दुई हजार २३२ मत पाएकी छन्। उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६४७ मत मात्र पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell