PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

लुम्बिनीमा नरेन्द्र मोदीको एक दिन, यस्तो छ भोलिको कार्यतालिका



पहिलोपोस्ट

लुम्बिनीमा नरेन्द्र मोदीको एक दिन, यस्तो छ भोलिको कार्यतालिका
Photo : NDTV NEWS

काठमाडौं : जेठ २ गते (भोलि) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन्। बुद्ध पूर्णिमाको अवसर पारेर उनी लुम्बिनी भ्रमणमा आउन लागेका हुन्।

त्यसक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम तय भएको छ।

मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट बिहान १०:४० बजे भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्। बिहान ११ बजे उनले मायादेवी मन्दिरको दर्शन गर्ने कार्यक्रम बनेको छ भने बिहान ११:३० बजे भूमि पूजामा सहभागी हुनेन्।

दिउँसो १२:२० मा मोदी र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यक्रम तय भएको छ। खड्कासँगको भेट पछि उनले प्रधानमन्त्री देउवासँग भेट्नेछन्।

दिउँसो १२:४५ मा मोदी नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको प्रतिनिधिमण्डलबिच छलफल हुनेछ।

यस्तै, दिउँसो १:३० बजे मोदी प्रधामन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने र दिउँसो २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम बनेको छ।

दिउँसो ३:३० बजे बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मोदी सहभागी हुनेछन्। साँझ ५ बजे मोदी स्वदेश फर्किने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell