PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

अपि हिमालमा उल्टियो नतिजा : निर्वतमान अध्यक्ष, उपाध्यक्षलाई हराउँदै विजयी भए २०७४ का पराजित



पहिलोपोस्ट

अपि हिमालमा उल्टियो नतिजा : निर्वतमान अध्यक्ष, उपाध्यक्षलाई हराउँदै विजयी भए २०७४ का पराजित

काठमाडौं : दार्चुलाको अपिहिमाल गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका भक्त सिंह ठेकरे बोहरा विजयी भएका छन्। उनी दुई हजार ३०४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका धर्मानन्दसिंह मन्यालले एक हजार ३८५ मत प्राप्त गरेका छन्। 

मन्याल अपिहिमालका निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। माओवादी केन्द्रका ठेकरेले २०७४ सालको निर्वाचन परिणामलाई उल्ट्याएर अध्यक्षमा निर्वाचित भएका हुन्। 

त्यतिबेला ठेकरे मन्यालसँग २५२ मतले पराजित भएका थिए। मन्यालले १ हजार २४० मत ल्याउँदा उनले ९८८ मत ल्याएका थिए। 

त्यस्तै उपाध्यक्ष पदमा पनि २०७४ को नतिजा उल्टिएको छ। निवर्तमान उपाध्यक्ष एमालेकी उर्मिला बोहरालाई पराजित गर्दै कांग्रेसकी देवकीदेवी बोहरा उपाध्यक्षमा निर्वाचित भएकी छन्। उनी २०७४ सालमा एमालेकी उर्मिलासँग ४०० मतले पराजित भएकी थिइन्। 

अहिले देवकीले उर्मिलालाई ६३६ मतान्तरले पराजित गरेकी छन्। देवकीले दुई हजार २७ मत प्राप्त गर्दा एमालेकी उर्मिलाले एक हजार ३९१ मत ल्याएकी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell