PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

मेयर पदका यी उम्मेदवार जसले निकटम प्रतिद्वन्द्वीलाई नै ५ गुणाभन्दा धेरै मतले उछिनिरहेका छन्



पहिलोपोस्ट

मेयर पदका यी उम्मेदवार जसले निकटम प्रतिद्वन्द्वीलाई नै ५ गुणाभन्दा धेरै मतले उछिनिरहेका छन्

काठमाडौं : निर्वाचन परिणाम आइरहँदा सबैभन्दा बढी मत हासिल गर्ने र निकटतम प्रतिस्पर्धीको अन्तर कतिसम्म होला? १० हजार मत गन्दा १ हजार वा  धेरै भए १५ सय भन्ने अनुमान गर्नुहुन्छ होला। तर, एउटा पालिकामा लिड गर्नेले ५ गुनाभन्दा धेरै मत अन्तरमा निकटतम प्रतिद्वन्द्वीलाई पछि पारिरहेको छ भन्दा पत्याउनु हुन्छ? तपाईँलाई पत्याउन बाध्य पारेको छ - भक्तपुर नगरपालिकाले।

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अग्रता यसरी कायम छ कि जितका लागि कसैले रोक्ने सम्भावना नै टाढासम्म देखिँदैन। भक्तपुर नगरपालिकामा अहिलेसम्म १६ हजार ३८ मत गन्ती भइसकेको छ। गनिएकामध्ये नेमकिपाबाट नगरप्रमुख उम्मेदवार सुनील प्रजापतिले ९ हजार ५६६ मत प्राप्त गरी अग्रता लिएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले एक हजार ८ सय  मत आफ्नो खातामा जम्मा गरेका छन्। नेकपा एमालेका रविन्द्र लाछिमस्युले एक हजार १ सय ५४ तथा नेकपा माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ३ सय २९ र स्वतन्त्र तर्फबाट सत्यराम त्वायनाले १ हजार २ सय २५ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा नेमकिपाका रजनी जोशीले नौ हजार ७ सय ३८, गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका ओमचरण अमात्यले एक हजार ५७, नेकपा माओवादी केन्द्रका इन्द्रमाया सुवालले ३ सय ९२, नेकपा एमालेका रञ्जना चापागाई खर्बुजाले एक हजार २ सय ७४ मत प्राप्त गरेका छन्।

वडा अध्यक्षमा नेमकिपाबाट १ र ३ मा पूरै प्यानल विजयी भइसकेको छ।

गएको निर्वाचनमा नेमकिपाले १० वटै वडामा ‘क्लिन स्वीप’ गरेको थियो। नगर प्रमुखका उम्मेदवार प्रजापति यसपटक गत निर्वाचनको भन्दा बढी मत ल्याएर जित्ने दाबी गर्छन्।

‘गएको निर्वाचनमा ६० प्रतिशत मत ल्याएका थियौं। यसपटक त्योभन्दा बढी मत ल्याउँछौं,’ चुनाव अगाडी नै उनले पहिलोपोस्टसँग भनेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell