PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

हालसम्म कसले कहाँ जिते?



पहिलोपोस्ट

हालसम्म कसले कहाँ जिते?

काठमाडौं : गत शुक्रवार भएको स्थानीय तह निर्वाचनको मतदानको मतगणना जारी। हालसम्म २६ पालिकाको निर्वाचनको नतिजा आइसकेको छ।

२६ मध्ये ११ पालिकामा नेकपा (एमाले)ले जित हासिल गरेको छ। एमालेले ११ वटा गाउँपालिकामा जित निकालेको हो।

त्यस्तै, नेपाली कांग्रेसले पनि ९ पालिकामा जित निकाल्न सफल भएको छ। जसमध्ये कांग्रेसले १ नगरपालिका र ७ गाउँपालिकामा जितेको हो।

नेकपा (माओवादी केन्द्र) ले तीन गाउँपालिकामा जितेको छ भने नेकपा (एकीकृत समाजवादी)ले २ गाउँपालिकामा जित निकालेको छ।

एमालेले जित्यो ११ गाउँपालिका

मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले निर्वाचित भएका छन्। उनी ३२० मतले अध्यक्षमा निर्वाचित भएका हुन्।

कुल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरे। चामेको उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भइन्।

त्यस्तै, मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार उनले ८६१ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका छिरिङ ओङमा गुरुङ (घले)ले ७ सय १३ मत ल्याएका हुन्।

यो पालिकामा १ हजार ५७४ मत खसेको थियो। यहाँ ३ हजार ५३५ मतदाता रहेका थिए। यहाँ एमाले र कांग्रेसका उम्मेदवारबिच मात्रै अध्यक्षमा प्रतिस्पर्धा भएको थियो। यस्तै, उपाध्यक्षमा छिरिङ गुरुङ निर्वाचित भएका छन्। उनी स्वतन्त्रतर्फबाट उम्मेदवार बनेका थिए।

छिरिङले ७४४ मत ल्याए भने कांग्रेसका रिन्जेन धोर्जे गुरुङले ७१९ मत ल्याए। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्यामयाङ टासी गुरुङले १ मत मात्रै ल्याए।

त्यसैगरी, मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल विष्ट (राजु) र उपाध्यक्षमा एमालेकै छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन्।

अध्यक्षमा विष्टले ६८९ र उपाध्यक्षमा गुरुङले ६४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बताए। उनका अनुसार अध्यक्षमा एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरे। यहाँ कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए।

मुस्ताङकै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि एमालेका उम्मेदवार विजयी भएका छन्।

गाउँपालिकाको अध्यक्षमा एमालेका रिङजीन नामगेल गुरुङले ८६७ मत ल्याएर विजयी भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा एमालेकी ढिकि गुरुङले ७४९ मत प्राप्त गरेर विजयी भएकी छिन्।

अध्यक्षका प्रत्यासी कांग्रेसका आङ्जेन गुरुङले ५७७ र उपाध्यक्षमा कांग्रेसकै धेच आङमो गुरुङले ६७७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुस्ताङकै लोमन्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका टसी न्हर्वु गुरुङ र उपाध्यक्षमा एमालेकै छयुमी बिष्ट गुरुङ विजयी भएका हुन्।

अध्यक्षमा टसीले ६६८ र उपाध्यक्षमा छयुमीले ६३२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा कांग्रेसका टसि गुरुङले ५१५ र उपाध्यक्षमा कांग्रेसकी छिरिङ ढोका गुरुङले ५२९ मत प्राप्त गरे।

मुस्ताङकै थासाङ गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका प्रदिप गौचन र उपाध्यक्षमा कांग्रेसका सोमल हिराचन विजयी भएका हुन्।

अध्यक्षमा गौचनले ११४४ र उपाध्यक्षमा हिराचनले १११२ मत प्राप्त गरेका छन्। अध्यक्षमा कांग्रेसकी बालकुमारी शेरचनले १०५५ र उपाध्यक्षमा एमालेकी सुमिता शेर्पाले १०८० मत प्राप्त गरे।

यसैगरी, डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा धावा सम्डुक गुरुङ विजयी भएका छन्। उनी निर्विरोध निर्वाचित भएका हुन्।

यस्तै, बझाङको साइपाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका मानवीर बोहरा र उपाध्यक्षमा एमालेकै डोल्मा तामाङ विजयी भएका हुन्।

अध्यक्षमा बोहराले ६७५ र उपाध्यक्षमा तामाङले पनि ६७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा कांग्रेसका उजले बोहराले ६१३ र उपाध्यक्षमा कांग्रेसकी बाटु बोहराले ६१९ मत प्राप्त गरे।

बझाङकै थलारा गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका प्रकाश बहादुर रोकाया र उपाध्यक्षमा कांग्रेसका रामबहादुर खाती विजयी भएका हुन्।

अध्यक्षमा रोकायाले २७७४ र उपाध्यक्षमा खातीले ३१५० मत प्राप्त गरेका छन्। अध्यक्षमा स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २११३ र उपाध्यक्षमा एमालेकी मीरादेवी रावलले २५८७ मत प्राप्त गरे।

यता, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हमु शेर्पा विजयी भएका हुन्।

अध्यक्षमा मिङमाले २०२८ र उपाध्यक्षमा टासीले २०२३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा कांग्रेसका उचुङब सेर्पाले १६०९ र उपाध्यक्षमा कांग्रेसकी निर्मला थापा कार्की मगरले १६२८ मत प्राप्त गरे।

त्यसैगरी, नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका प्रकाश ओझा र उपाध्यक्षमा एमालेकै डिलकुमारी केसी सारु विजयी भएका हुन्।

अध्यक्षमा ओझाले ३९७६ र उपाध्यक्षमा सारुले ३९६२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा कांग्रेसका खडकबहादुर रानाले ३५४१ र उपाध्यक्षमा कांग्रेसकी धनकान्ती घिमिरेले ३५०६ मत प्राप्त गरे।

१ नगरपालिका र ८ गाउँपालिकामा कांग्रेसको जित

मनाङको नार्पा भूमि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जीङ लामा निर्वाचित भएका छन्। उनी १५८ मत पाएर निर्वाचित भएका हुन्।उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाएका थिए।

उपाध्यक्षमा एमालेकी मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएकी छिन्। नार्पा भूमिमा कुल ४४८ मतमध्ये ३०४ मत खसेको थियो।

यसैगरी, नासोँ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार उनले ८२० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका मनबहादुर गुरुङले ६४६ मत ल्याएका हुन्।

यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका बेदबहादुर गुरुङ निर्वाचित भएका छन्। उनी ९१३ मत ल्याउँदै विजयी भएका हुन्। उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४९६ मत ल्याएका छन्।

त्यस्तै, घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका मोहन सिंह लालचनले दुई मतान्तरले जित हासिल गरेका हुन्।

उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगरले ६९३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा कांग्रेसका खिलध्‍वज पन्थी र उपप्रमुखमा कांग्रेसकै अमृतादेवी कुँवर विजयी भएका हुन्।

प्रमुखमा पन्थीले ८६१४ र उपप्रमुखमा कुँवरले ८६१९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रमुखमा एमालेका राजेन्द्र प्रसाद पाण्डेयले ७३२० र उपप्रमुखमा एमालेकी रिता पाण्डेले ७२३१ मत प्राप्त गरे।

त्यसैगरी, गुल्मीकै गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा कांग्रेसका सरोज कुमार थापा र उपाध्यक्षमा कांग्रेसकै तारा थापा ढे‌गा विजयी भएका हुन्।

अध्यक्षमा थापाले ६१६६ र उपाध्यक्षमा ढेगाले ६२७७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा एमालेका कृष्णबहादुर भुसालले ५६०२ र उपाध्यक्षमा एमालेकी शुसिला पुनले ५५०० मत प्राप्त गरे।

त्यस्तै, डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा कांग्रेसका ईन्द्रबहादुर कार्की र उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटी विजयी भएका हुन्।

अध्यक्षमा कार्कीले ३१८४ र उपाध्यक्षमा सेटीले ३०१३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा नेपाली कांग्रेस (बी.पी.)का सुरेन्द्रबहादुर मालीले १६०५ र उपाध्यक्षमा एमालेका इन्द्रबहादुर महराले १७०३ मत प्राप्त गरे।

यस्तै, हुम्लाको खार्पूनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा कांग्रेसका कर्णबहादुर रावल र उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह विजयी भएका हुन्।

अध्यक्षमा रावलले १८१० र उपाध्यक्षमा सिंहले १८७२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा एमालेका प्रकाश बहादुर शाहीले ११९५ र उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का शक्तिसिंह ऐडीले ८५० मत प्राप्त गरे।

यता, डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा कांग्रेसका भैरव बहादुर साउद र उपाध्यक्षमा कांग्रेसकै डम्मरी कुमारी विष्ट विजयी भएका हुन्।

अध्यक्षमा साउदले २३४३ र उपाध्यक्षमा विष्टले २४०७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा एमालेका चक्रबहादुर घर्ती मगरले १६८४ र उपाध्यक्षमा एमालेकी सपना सिराडीले २२७६ मत प्राप्त गरे।

त्यसैगरी, बाग्लुङको तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा कांग्रेसका जोकलाल बुढा र उपाध्यक्षमा कांग्रेसकै हिराकुमारी छन्या    ल विजयी भएका हुन्।

अध्यक्षमा बुढाले २७०७ र उपाध्यक्षमा छन्या    लले २७६८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा माओवादी केन्द्रका देवबहादुर पुनले १९९५ र उपाध्यक्षमा माओवादी केन्द्रकी निशु रसाइलीले १९५८ मत प्राप्त गरे।

४ गाउँपालिकामा माओवादी केन्द्रको जित

डोल्पाको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादी केन्द्रका नारासिं रोकाया र उपाध्यक्षमा माओवादी केन्द्रकै अमरिता बोहोरा विजयी भएका हुन्।

अध्यक्षमा रोकायाले ७७० र उपाध्यक्षमा बोहोराले ७५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा एमालेका हेमबहादुर महताराले ७४६ र उपाध्यक्षमा एमालेकी चन्द्रावती थापाले ७४९ मत प्राप्त गरे।

त्यस्तै, दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी र उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका हुन्।

अध्यक्षमा सुवेदीले ३२०० र उपाध्यक्षमा शाहीले २८३४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा कांग्रेसका भदे बुढा मगरले २५४४ र उपाध्यक्षमा कांग्रेसकी अमृता सिंहले २४०५ मत प्राप्त गरे।

यता, बाग्लुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक र उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोका विजयी भएका हुन्।

अध्यक्षमा विकले २२८५ र उपाध्यक्षमा रोकाले ३४०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरले २०९० र उपाध्यक्षमा एमालेकी थममाया घर्तीले ५६१ मत प्राप्त गरे।

त्यसैगरी, दार्चुलाको अपिहिमाल गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका भक्त सिंह ठेकरे बोहरा विजयी भएका छन्।

उनी दुई हजार ३०४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका धर्मानन्दसिंह मन्यालले एक हजार ३८५ मत प्राप्त गरेका छन्। मन्याल अपिहिमालका निवर्तमान गाउँपालिका अध्यक्ष हुन्।

अपिहिमाल गाउँपालिकाको उपाध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष एमालेकी उर्मिला बोहरालाई पराजित गर्दै कांग्रेसकी देवकीदेवी बोहरा उपाध्यक्षमा निर्वाचित भएकी छन्। देवकीले उर्मिलालाई ६३६ मतान्तरले पराजित गरेकी छन्। देवकीले दुई हजार २७ मत प्राप्त गर्दा एमालेकी उर्मिलाले एक हजार ३९१ मत ल्याएकी छन्।

२ गाउँपालिकामा एकीकृत समाजवादीले जित्यो

डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको अध्यक्षमा एकिकृत समाजवादीका सेनाङ गुरुङ र उपाध्यक्षमा एमालेका कर्म ढुण्डुप गुरुङ निर्विरोध निर्वाचित भएका छन्।

यता, डोल्पाकै काईके गाउँपालिकाको अध्यक्षमा एकिकृत समाजवादीका अंगदकुमार राना र उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell