PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

वीरगंजमा राजेशमान भर्सेस सरावगी, बदर मतले नतिजामा असर गर्ला ?



पहिलोपोस्ट

वीरगंजमा राजेशमान भर्सेस सरावगी, बदर मतले नतिजामा असर गर्ला ?

वीरगंज : वीरगंजमा जनता समाजवादी पार्टी (जसपा) बाट मेयरका उम्मेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन्। एमालेका मेयर उम्मेदवार विजयकुमार सरावगीभन्दा एक हजार ६३ मतले उनी अगाडि छन्।

वीरगंज महानगरको वडा नं १,२,३१ र ३२ को कुल ३ हजार ५ सय ७९ को मतगणनापछि राजेशमानले १ हजार ८१०,एमालेका विजयकुमार सरावगीले ७४७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को गिरिश गिरीले ४५ मत ल्याएका छन्।

यसैगरि, उपमेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता इम्तियाज आलमले १ हजार ३३७ मत पाएका छन्। एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका उपमेयरका उम्मेदवार पुरुषोत्तमलाल झाले १८३ मत ल्याएका छन्। राप्रपाकी उपमेयरकी उम्मेदवार विणा जैसवाल कुर्मीले ७२ र स्वतन्त्र उपमेयरकी उम्मेदवार रम्भा मिश्रले १०२ मत लाएकी छन्।

कुल ३२ वडा रहेको वीरगंज महानगरमा कुल मतदाता १ लाख २४ हजार ६४७ रहेकोमा ९४ हजार ३२४ मत खसेको थियो। अहिले वीरगंजमा वडा नं १,२,३१,३२ नम्बर वडाको चार वटा कक्षमा मतगणना जारी छ।

त्यसैगरी महानगरको १ नम्बरको वडा अध्यक्षको प्रतिस्पर्धामा जसपाले ५६ मतले, वडा नम्बर २ मा कांग्रेसले २५५ मतले, वडा नम्बर ३ मा जसपाले ५७१ मतले र वडा नम्बरमा ३२ मा जसपा उम्मेदवारले ४०१ मतले अग्रता लिएको मुख्य मतदान अधिकृत धर्मराज पौडेलले बताए।

मतगणना सकिन १० दिन लाग्ने

वीरगंज हाल मतगणना कार्य सुस्त भइरहेको छ। कमर्चारी व्यवस्थापन तथा गणनामा समस्या भइरहेको कारण ढिलाई भइरहेको हो।

पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले चार वटा कक्षमा भइरहेको मतगणनालाई २ वटा कक्ष थपेर ६ वटा गर्ने तयारी भइरहेको बताए। उनले महानगरकको ३२ वडाको मतगणना सकाउन कम्तिमा १० दिन लाग्ने बताए।

बढ्यो बदर मत

वीरगंजमा मतदाता शिक्षाको कमीको कारण ठूलो सख्यामा मत बदर भएको पाइएको छ। वीरगंजको वडा १,२,३१,३२ गरि चार वटा वडाको गणना भएको कुल ३ हजार ५७९ मतमा मेयरमा २ हजार ६४८ मत सदर र ९३१ मत बदर भएको छ।

त्यसैगरि, उपमेयरमा सबैभन्दा बढी अर्थात ३ हजार ५७९ मध्ये १८७३ मत बदर भएको छ। वडा अध्यक्षमा १७३ मत मात्र बदर भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell