PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रोल्पामा ३० वटा वडाको मतगणना सकिँदा २० वटामा माओवादी विजयी, कांग्रेसलाई पाँच र एमालेलाई चार वडा



पहिलोपोस्ट

रोल्पामा ३० वटा वडाको मतगणना सकिँदा २० वटामा माओवादी विजयी, कांग्रेसलाई पाँच र एमालेलाई चार वडा

काठमाडौं : रोल्पा जिल्लाको १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ। अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २० मा नेकपा (माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। बहत्तर वडा रहेको रोल्पामा २० वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो।

माओवादी विजयी भएका वडाहरु

रोल्पा नगरपालिका-१ मा खुमबहादुर थापा वडा नं २ मा प्रकाश डाँगी, वडा नं ४ मा मित्रलाल गुरुङ र वडा नं ५ मा टोपबहादुर नेपाली वडा नं ६ मा तुलबहादुर घर्तीमगर माओवादीबाट विजयी भएका छन्। यस्तै, सुनिलस्मृति गाउँपालिका-१ मा गोवर्द्धन कुँवर र वडा नं ३ मा दुर्गाहबहादुर विष्ट, लुङ्ग्री गाउँपालिका-७ मा हीराबहादुर पुन र वडा नं ६ मा जोखबहादुर बुढाथोकी, वडा नं ५ मा रिकबहादुर रोका विजयी भएका छन्।

थवाङ गाउँपालिका ५ मा गोवर्द्धन घर्तीमगर र वडा नं ३ मा जनक बुढामगर, वडा नं २ मा अविलासा रोकामगर विजयी भएका छन्। परिवर्तन गाउँपालिका वडा नं १ मा मैते बुढामगर र वडा नं २ मा हरिप्रसाद घर्तीमगर विजयी भएका छन्।

त्रिवेणी गाउँपालिका-१ मा देउराम घर्तीमगर, रुन्टीगढी गाउँपालिका- २ मा भिउलाल पुन, माडी गाउँपालिका- १ मा रोहित सिंह घर्तीमगर र वडा नं २ मा ललित घर्तीमगर विजयी भएका छन्। सुनछहरी गाउँपालिका-१ मा धर्मेन्द्र रोकामगर र वडा नं २ मा कृष्णबहादुर बुढामगर विजयी भएका छन्।

कांग्रेस विजयी भएका वडा

गंगादेव गाउँपालिका वडा १, २ र ७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नं १ मा  अमृतबहादुर वली, वडा नं २ मा अमरबहादुर थापा, वडा नं ७ मा प्रेमप्रकाश केसी विजयी भएका छन्। रोल्पा नगरपालिका-३ मा राजकुमार पुरी र रुन्टीगढी गाउँपालिका-१ मा थमबहादुर घर्तीमगर विजयी भएका छन्।

नेकपा एमाले विजयी भएका वडा

नेकपा एमालेबाट थवाङ गाउँपालिका- ४ मा हिकमत घर्तीमगर विजयी भएका छन्। यसैगरी त्रिवेणी गाउँपालिका-२ मा कविराज बुढामगर र गङ्गादेव गाउँपालिका- ६ बाट वीरबहादुर वली र रुन्टीगढी गाउँपालिका-३ बाट गणेश गिरी विजयी भएका छन्।

स्वतन्त्र विजयी भएका वडा

रोल्पाको सुनिलस्मृति गाउँपालिका-२ बाट स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरी विजयी भएका छन्। गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell