PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

खोटाङको जन्तेढुंगामा माओवादी केन्द्रकी अरुणादेवी राई अध्यक्षमा निर्वाचित



पहिलोपोस्ट

खोटाङको जन्तेढुंगामा माओवादी केन्द्रकी अरुणादेवी राई अध्यक्षमा निर्वाचित

काठमाडौं : खोटाङको जन्तेढुंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई निर्वाचित भएकी छन्। उनी दुई हजार ८८१ मत ल्याएर निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शंखर बहादुर राईले दुई हजार ५७५ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष पदमा नेपाली कांग्रेसका खेमबहादुर खड्का निर्वाचित भएका छन्। उनले दुई हजार ८०५ मत प्राप्त गर्दा एमालेकी विमला राईले दुई हजार ४९६ मत प्राप्त गरेकी छन्।

एमालेका पराजित उम्मेदवारहरु निवर्तमान अध्यक्ष र उपाध्यक्ष हुन्।

जन्तेढुंगाको वडा नम्बर १ मा माओवादी केन्द्रका केदारमान राई ४५९ मतसहित वडाध्यक्षमा निर्वाचित भएका छन्। वडा नम्बर २ मा माओवादी केन्द्रकै मस्तबहादुर राईले ३५४ मतसहित वडाध्यक्षमा जित्दा वडा नम्बर ३ मा कांग्रेसका तारामान राई ३५२ मतसहित वडाध्यक्षमा निर्वाचित भएका छन्। 

वडा नम्बर ४ मा एमालेका विदुरमान राई वडाध्यक्षमा ४७६ मतसहित निर्वाचित भएका छन्। वडा नम्बर ५ मा कांग्रेसका धनबहादुर राईले ८६९ मतसहित निर्वाचित भएका छन्। वडा नम्बर ६ मा पनि कांग्रेसकै सागर राई ३४० मतसहित वडाध्यक्षमा निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell