PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उदयपुरको लिम्चुङ्बुङमा माओवादी केन्द्रका मेजर कुमार राई निर्वाचित



पहिलोपोस्ट

उदयपुरको लिम्चुङ्बुङमा माओवादी केन्द्रका मेजर कुमार राई निर्वाचित

काठमाडौं : उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का मेजर कुमार राई निर्वाचित भएका छन्। उनी दुई हजार ५१ मत ल्याएर निर्वाचित हुँदा नेकपा (एमाले)का राजकुमार राईले एक हजार ५८९ मत प्राप्त गरेका छन्। त्यहाँ स्वतन्त्र उम्मेदवार होमबहादुर राईले ६१९ मत प्राप्त गरेका छन्। 

मेजरकुमार राई २०७४ सालमा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

त्यस्तै, उपाध्यक्ष पदमा नेपाली कांग्रेसका पुष्पलाल राई निर्वाचित भएका छन्। उनले एक हजार ९३३ मत प्राप्त गर्दा एमालेकी देवकुमारी कार्कीले एक हजार ७३ मत प्राप्त गरेकी छन्। स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी रमिला राईले ९१८ मत प्राप्त गरेकी छन्।

यहाँको १ र २ वडाको वडाध्यक्षमा माओवादी केन्द्र, वडा नम्बर ३ को वडाध्यक्षमा स्वतन्त्र, ४ नम्बर वडामा जसपा र ५ नम्बर वडामा कांग्रेसले वडाध्यक्ष जितेका छन्। 

वडा नम्बर १ को वडाध्यक्षमा माओवादीका जनदीप थापाले ४३९ मत प्राप्त गरेका छन्। त्यस्तै, २ मा माओवादीकै जितेन्द्र राईले ४७४ मत ल्याएर वडाध्यक्ष जितेका छन्।

वडा नम्बर ३ को वडाध्यक्षमा स्वतन्त्र उठेका गुरुमणि कुमाईले ३१५ मतसहित जित हात पारेका छन्। वडा नम्बर ४ मा जसपाका छत्रबहादुर राई ४२८ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा वडा नम्बर ५ मा कांग्रेसका कविचन्द्र राई ३०४ मत ल्याएर निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell