PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विराटनगर महानगर प्रमुखमा कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै, उपप्रमुखमा एमाले अघि



पहिलोपोस्ट

विराटनगर महानगर प्रमुखमा कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै, उपप्रमुखमा एमाले अघि

विराटनगर : मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। ७ हजार ९७३ मत गणना हुँदा महानगर प्रमुखमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका हुन्।

पछिल्लो अपडेटअनुसार महानगर प्रमुखमा कोइरालाले २ हजार ५६५ मत पाउँदा नेकपा (एमाले)का सागर कुमार थापाले १ हजार ८५० र स्वतन्त्र उम्मेदवार उमेश कुमार यादवले ८७१ ल्याएका छन्।

त्यस्तै, उपमेयर पदमा एमालेकी शिल्पा कार्कीले २ हजार १०० ल्याउँदा जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १ हजार ३९३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४८२ पाएका छन्।

१ लाख ३३ हजार १४२ कुल मतदाता रहेको विराटनगर महानगरमा ८९ हजार ७८९ मत खसेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell