
काठमाडौं : दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दलजितसिंह धामी निर्वाचित भएका छन्। उनले नेकपा (एमाले)का प्रेमसिंह धामीलाई ५०६ मतान्तरले पराजित गरेका हुन्।
दलजितले तीन हजार ७८३ मत ल्याउँदा एमालेका प्रेमसिंहले तीन हजार २७७ मत प्राप्त गरे। प्रेमसिंह नौगाडका निवर्तमान अध्यक्षसमेत हुन्।
त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन्। उनले तीन हजार ९५६ मत प्राप्त गर्दा एमालेकी गौरीदेवी ठगुन्नाले दुई हजार ९५२ मत प्राप्त गरेकी छन्। गौरी देवी ठगुन्ना पनि नौगाडकी निवर्तमान उपाध्यक्ष हुन्।
वडा नम्बर १ मा कांग्रेसका हरीलाल सिंह महताले ६९९ मत सहित जित हात पारेका छन्। वडा नम्बर २ मा एमालेका नारायण सिंह ठगुन्ना ६७९ मतसहित निर्वाचित भएका छन्।
वडा नम्बर ३ मा माओवादी केन्द्रका राइसिंह ठगुन्नाले ५४७ मतसहित निर्वाचित भएका छन्। त्यस्तै, वडा नम्बर ६ मा माओवादी केन्द्रकै राजेन्द्रसिंह बोहरा १ हजार १० मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन्।
वडा नम्बर ४ र ५ मा भने एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्। ४ मा कृष्णसिंह धामी र ५ मा रामसिंह धामी वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।