PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

काठमाडौं महानगरमा केशव स्थापतिको भन्दा बालेनको अग्रता करिब दोब्बर, अरुले कति ल्याए?



पहिलोपोस्ट

काठमाडौं महानगरमा केशव स्थापतिको भन्दा बालेनको अग्रता करिब दोब्बर, अरुले कति ल्याए?

काठमाडौं : काठमाडौं महानगरको पछिल्लो मतपरिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता अझै बढाएका छन्।

निर्वाचन आयोगले दिउँसो ४ बजे जारी गरेको परिणाम अनुसार लौरो चिह्नबाट निर्वाचनमा उत्रेका साहले २ हजार ८२८ मत पाएका छन्। एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १ हजार ४३८ मत पाउँदा कांग्रेसकी सिर्जना सिंहले १ हजार ३४० मतमात्र पाएकी छिन्।

यस्तै, स्वतन्त्रबाट आँखीझ्याल चुनाव चिह्नमा चुनाव लडेका सुमन सायमिले २७७ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले २७६ मत पाउँदा विवेकशील साझाकी समीक्षा बास्कोटाले ४२ मतमात्र पाएकी छन्।
अहिले ५ वटा वडाको मतपत्रहरु ६ वटा काउन्टरमा मतगणना भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell