PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

थबाङमा विपक्षी गठबन्धनलाई हराउँदै माओवादी केन्द्रको जित



पहिलोपोस्ट

थबाङमा विपक्षी गठबन्धनलाई हराउँदै माओवादी केन्द्रको जित

काठमाडौं : रोल्पाको थबाङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का ऋषि केशव बुढा मगर निर्वाचित भएका छन्। उनले दुई हजार १२२ मतसहित जित हात पार्दा स्वतन्त्र उम्मेदवार दलजित रोकाले एक हजार ५०६ मत प्राप्त गरे।

उपाध्यक्षमा पनि माओवादीकै सर्मीला बुढा मगर निर्वाचित भएकी छन्। उनले दुई हजार १२२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत ल्याएका छन्।

थवाङका ५ वडामध्ये ४ मा माओवादी केन्द्रले वडाध्यक्षमा जित हात पारेको छ।

माओवादी केन्द्रले १, २, ३ र ५ वडामा वडाध्यक्षसहित सबै पदमा जित हात पारेको छ। यहाँ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित नेकपा (एमाले) र नेपाली कांग्रेसले गठबन्धन गरेका थिए।

वडा नम्बर ४ मा भने एमालेले जित हात पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell