PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

धनगढीमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको चुनौती : गोपाल हमाल नृप वडभन्दा ७७३ मतले अघि



पहिलोपोस्ट

धनगढीमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको चुनौती : गोपाल हमाल नृप वडभन्दा ७७३ मतले अघि

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाको मत परिणाममा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रतालाई निरन्तरता दिँदै गठबन्धनका उम्मेदवार नृपबहादुर वडलाई चुनौती दिएका छन्।

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार हमालले अग्रतालाई फराकिलो बनाउँदै लगेका हुन्। सुरुवातदेखि नै अग्रता लिएका हमालले ३ हजार ८ सय ९२ मत गणना हुँदा १ हजार ८२९ मत पाएका छन्।

यस्तै, सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार वडले १ हजार ५६ मत पाएका छन्। हमाल र वडबिच ७७३ मतको अन्तर छ।

यस्तै, नेकपा (एमाले)का रणबहादुर चन्दले १९२ मत पाएका छन्।

यसैगरी, उपमेयरमा नेकपा (माओवादी केन्द्र)की शान्ति अधिकारीले ९०४, स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६१७ र एमालेकी कन्दकला कुमारी रानाले ५०६ मत पाएका छन्।

यो वडा नम्बर १ को मतगणनाको नजिता हो। अहिले १९ नम्बर वडाको पनि मतगणना भइरहेको छ।

शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell