PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

हेटौंडा उपमहानगर वडा १ अध्यक्षमा कांग्रेसका सविन न्यौपाने निर्वाचित



पहिलोपोस्ट

हेटौंडा उपमहानगर वडा १ अध्यक्षमा कांग्रेसका सविन न्यौपाने निर्वाचित

काठमाडौं : हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ मा गठबन्धनका सविन न्यौपाने निर्वाचित भएका छन्। १३१ मत अन्तरले नेपाली कांग्रेसका न्यौपाने ५ वर्षको लागि वडाअध्यक्ष निर्वाचित भएका हुन्।

न्यौपानेले १ हजार ४४२ मत प्राप्त गर्दा नेकपा एमालेका उत्तम पौडेलले १ हजार ३११ मत प्राप्त गरे। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सुजन शाहीले २०७ मत ल्याएका छन्।

वडा नम्वर १ मा कूल ३ हजार २८६ मत खसेको थियो। अहिले वडा नम्वर २,१८ र १९ को मतगणना जारी रहेको छ।

उपमहानगर प्रमुखमा गठबन्धनबाट उम्मेदवार मीना लामाले नै अग्रता लिइरहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell