PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जनकपुरमा 'घण्टाघर'को गति बढ्दै, गठबन्धनलाई भारी पर्ला मनोजको बागी उम्मेदवारी ?



पहिलोपोस्ट

जनकपुरमा 'घण्टाघर'को गति बढ्दै, गठबन्धनलाई भारी पर्ला मनोजको बागी उम्मेदवारी ?

जनकपुर : जनकपुर उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज कुमार साहले अग्रता कायम राखेका छन्। गठबन्धनले प्रमुख पद जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णय गरेपछि उनले कांग्रेस त्यागेका थिए।

पछिल्लो मत परिणाम अनुसार घण्टाघर चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका साहले १ हजार ६७८ मत पाएका छन्। नेकपा एमालेका शिवशंकर साह (हीरा)ले ८९३ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले २५२ मत पाएका छन्।

गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साहले भने २३१ मत पाएका छन्।

यता, उपप्रमुख पदमा भने कांग्रेस उम्मेदवार अघि छ। कांग्रेसकी किशोरी साह १ हजार ६४६ मत सहित अगाडि छिन्। एमालेकी रुना झाले ९४७ मत पाएकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell