PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

दैलेखको नौमूले गाउँपालिका अध्यक्षमा छविराम सुवेदी विजयी, निवर्तमान अध्यक्ष पराजित



पहिलोपोस्ट

दैलेखको नौमूले गाउँपालिका अध्यक्षमा छविराम सुवेदी विजयी, निवर्तमान अध्यक्ष पराजित
तस्विर : रत्न शाही ठकुरी

काठमाडौं : नौमूले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन्। उनी ३ हजार २०० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले दुई हजार ५४४ मत प्राप्त गरे। बुढामगर निवर्तमान अध्यक्षसमेत हुन्। नेकपा एमालेका शशिराम विश्वकर्माले एक हजार ९२० मत ल्याए।

यसैगरी उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का गङ्गबहादुर शाही विजयी भए। उनले दुई हजार ८३४ मत प्राप्त गरे। नेपाली कांग्रेसकी अमृता सिंहले दुई हजार ४०५ र एमालेकी गीता चन्दले एक हजार ९१८ मत प्राप्त गरे।

नौमूलेमा (नेकपा माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को चुनावी गठबन्धन थियो। आठ वडा रहेको नौमूले गाउँपालिकामा पाँचवटा नेपाली कांग्रेस, दुई वडा एकीकृत समाजवादी र एउटा मात्रै वडा नेकपा एमालेले जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell