PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा मोदीको सन्देश : सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य



पहिलोपोस्ट

लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा मोदीको सन्देश : सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य
Photo : NDTV

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार नेपाल भ्रमणमा आउँदै छन्। बुद्ध जयन्तीको अवसरमा उनी लुम्बिनी आउन लागेका हुन्।

लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा एक वक्तव्य जारी गर्दै उनले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताएका छन्।

नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको भन्दै उनले वक्तव्यमा भनेका छन्, ‘मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो।’

प्रधानमन्त्री शेरबहादुर देउवाको गत महिना भारत भ्रमणमा आएको बेला भएको छलफल फलदायी भएको मोदीले उल्लेख गरेका छन्। उनले देउवालाई फेरि भेट्न आफू आतुर रहेको बताएका छन्। मोदीले जलविद्युत्, विकास र सम्पर्क संजाल विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गरेका छन्।

यस्तो छ कार्यतालिका

मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट बिहान १०:४० बजे भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्। बिहान ११ बजे उनले मायादेवी मन्दिरको दर्शन गर्ने कार्यक्रम बनेको छ भने बिहान ११:३० बजे भूमि पूजामा सहभागी हुनेन्।

दिउँसो १२:२० मा मोदी र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यक्रम तय भएको छ। खड्कासँगको भेट पछि उनले प्रधानमन्त्री देउवासँग भेट्नेछन्।

दिउँसो १२:४५ मा मोदी नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको प्रतिनिधिमण्डलबिच छलफल हुनेछ।

यस्तै, दिउँसो १:३० बजे मोदी प्रधामन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने र दिउँसो २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम बनेको छ।

दिउँसो ३:३० बजे बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मोदी सहभागी हुनेछन्। साँझ ५ बजे मोदी स्वदेश फर्किने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell