
हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की मिनाकुमारी लामालाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बहादुर सिंह अघि लागेका छन्।
९०२९ मत गणना हुँदा राप्रपाले अग्रता लिएको हो। ताजा मत परिणामअनुसार हेटौँडाको मेयर पदमा राप्रपाका सिंहले २७१० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी लामाले २६६९ मत पाएकी छिन्।
त्यस्तै, तेस्रो स्थानमा २४३४ मतसहित नेकपा (एमाले)का अनन्त प्रसाद पौडेल छन्।
यसैगरी, उपमेयरमा एमालेकी सुमित्रा काफ्ले र नेपाली कांग्रेसका राजेश बानियाको मत बराबर आएको छ। दुवैको मत ३०१६ छ। यता, राप्रपाकी इन्दीरा न्यौपानेको ८०३ मत आएको छ।